प्रधानमन्त्री ओलीको विपक्षीमाथि आरोप : ‘विरोधीहरू सुखी नेपाली समृद्ध नेपाल अभियानलाई असफल बनाउन लागिपरेका छन्’
प्रधानमन्त्री ओलीको विपक्षीमाथि आरोप : ‘विरोधीहरू सुखी नेपाली समृद्ध नेपाल अभियानलाई असफल बनाउन लागिपरेका छन्’
    • बेल संचार

    • १२ चैत्र २०८१, मंगलवार

काठमाडौं ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलहरू सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ अभियानलाई सफल बन्न नदिन प्रयास गरिरहेको आरोप लगाएका छन्।

मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “विरोधी दलहरूले सरकारको ध्यान विकेन्द्रित गर्न अनावश्यक मुद्दा उठाइरहेका छन्, जसको उद्देश्य विकासको प्रयासलाई रोक्नु हो।”

उनले विपक्षी दलहरूको आलोचना गर्दै भन्नुभयो, “विपक्षले वैधानिक र संवैधानिक प्रतिपक्षको भूमिका निभाउनुपर्ने हो, तर त्यसमा वेवास्ता गर्दै झूट र दुष्प्रचार फैलाउन सक्रिय देखिएका छन्।”

प्रधानमन्त्री ओलीले थपे, “सरकारको मुख्य ध्यान देशको विकास र नीति कार्यक्रमहरूको छिटो कार्यान्वयनमा केन्द्रीत छ।” उनले २०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको मार्गमा अगाडि बढिरहेको बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित