काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मूल आन्दोलन समितिको बैठक राजधानीको एक प्यालेसमा जारी छ। बैठकमा राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डा माथि छलफल भइरहेको छ र थप आन्दोलन घोषणा गर्ने तयारी गरिएको छ।
यसअघि, राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशभर घोषणा भएका विभिन्न आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय लिएको थियो। तर, गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि तय गरिएको आन्दोलन कार्यक्रम राप्रपाले स्थगित गरेको थियो।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले भने, “आजको बैठकले आन्दोलनका थप कार्यक्रम तय गर्नेछ,” साथै पार्टीका अन्य गतिविधिहरु पनि अघि बढाइने जानकारी दिए।