कृषि मन्त्री अधिकारी : कृषि अनुदानमा पारदर्शिता र बदमासीको अन्त्य
कृषि मन्त्री अधिकारी : कृषि अनुदानमा पारदर्शिता र बदमासीको अन्त्य
    • बेल संचार

    • १२ चैत्र २०८१, मंगलवार

काठमाडौँ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदानमा विगतमा भएका बदमासीहरूको अन्त्य भएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले ललितपुरमा आयोजना गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अब सबै कृषि अनुदान पारदर्शी र सार्वजनिक हुने जानकारी दिए।

मन्त्री अधिकारीका अनुसार, “मन्त्रालयले अबदेखि कृषि अनुदानको विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात गरेको छ, जसका कारण सबैले थाहा पाउन सक्नेछन् कि कसले केका लागि कति रकम लिएको हो।” उनले थपे, “विगत पाँच वर्षमा १ खर्ब ५ अर्ब रुपैयाँ कृषि अनुदानमा खर्च भएको थियो, तर अब मन्त्रालयबाट सिधै जाने अनुदान रोकिएको छ।”

कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्नका लागि सबै क्षेत्रको संयुक्त प्रयासको आवश्यकता भएको भन्दै उनले निजी क्षेत्रको योगदानले मात्रै राज्यका लक्ष्यलाई पूरा गर्न मद्दत पुग्ने बताए।

साताकाे चर्चित
सम्बन्धित