काठमाडौँ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ।
बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्ने क्रममा स्थिति तनावग्रस्त बनेको हो। दर्जनौँ प्रदर्शनकारीले ब्यारिकेड तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेल भएको थियो। प्रदर्शनकारीहरूले मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन्।
प्रदर्शनकारीहरूले कुलमान घिसिङलाई पुनः पदमा फर्काउनुपर्ने र विद्युत् प्राधिकरणमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने माग राखेका छन्। निषेधित क्षेत्रमा प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरी तैनाथ गरिएको छ।