काठमाडौं
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्यबहादुर थापा नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. राघुराज काफ्लेलाई नियुक्त गरेको थियो।
नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न काम गर्ने प्रतिबद्धता जनाएका छन्।