काठमाडौं ।
मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.०५ अंक (२.१९ प्रतिशत) घटेर २५८२ अंकमा कायम भएको छ।
बजार घटे पनि कारोबार रकममा वृद्धि भएको छ। अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा मंगलबार ५ अर्ब १८ करोडको कारोबार भयो। यस दिन जम्मा ४ कम्पनीको मूल्य बढ्दा २४० कम्पनीको मूल्य घट्यो।
यस दिन सबै सेक्टर ओरालो लागे। बैंकिङ १.४२%, विकास बैंक २.९९%, फाइनान्स ३.५०%, होटल तथा पर्यटन २.७२%, हाइड्रोपावर ३.३१%, लगानी २.०८%, जीवन बीमा २.२०%, उत्पादन १.५०%, माइक्रोफाइनान्स २.४९%, निर्जीवन बीमा २.४६%, अन्य १.८२% र व्यापार १.८५% ले घटे।
मूल्य धेरै बढ्नेमा डिवेन्चरहरू अगाडि रहे। एनसीसीडी ८६ र केबीएलडी ८९ को मूल्य ४% भन्दा धेरैले बढ्यो।
त्यस्तै, मूल्य धेरै घट्नेमा नारायणी डेभलपमेन्ट बैंकको सेयर ८.७% ले घट्यो। सपोर्ट माइक्रोफाइनान्सको ७.३%, इस्टर्न हाइड्रोको ७.१%, सिन्धु विकास बैंक र विन नेपाल लघुवित्तको मूल्य समान ६.७% ले घट्यो।