संसदीय समितिले ख्वप विश्वविद्यालय विधेयक ल्याउन सरकारलाई निर्देशन
संसदीय समितिले ख्वप विश्वविद्यालय विधेयक ल्याउन सरकारलाई निर्देशन
    • बेल संचार

    • १३ चैत्र २०८१, बुधबार

काठमाडौँ ।

ख्वप विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक ल्याउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। यो विषयमा लामो समयदेखि बहस हुँदै आएको भएपनि सरकारले विधेयक नल्याएको भन्दै संसदमा आवाज उठेको थियो।

सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले यो विधेयक ल्याउन सरकारलाई निर्देश गरेको हो। संघीय संसदको जारी अधिवेशनभित्रै विधेयक संसदमा दर्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समितिको निर्देशन छ।

समिति सभापति अम्मरबहादुर थापाले ख्वप विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक ल्याउन आवश्यक रहेको बताए। उनले ख्वप विश्वविद्यालय स्थापना भएमा अन्य विश्वविद्यालयभन्दा आधाभन्दा कम शुल्कमा एमबिबिएस विषयको पठनपाठन गराउन सकिने प्रतिबद्धता व्यक्त गरे।

यसअघि पनि संसदीय समितिले ख्वप विश्वविद्यालय विधेयक ल्याउन पटक पटक निर्देशन दिएको थियो। साथै, संसदीय समितिले उच्च शिक्षासम्बन्धी विधेयक पनि संसदमा ल्याउन सरकारलाई निर्देशन दिएको छ।

साताकाे चर्चित
सम्बन्धित