इटहरीको सेन्टर प्लाजामा आगलागी, १६ जनाको उद्धार
इटहरीको सेन्टर प्लाजामा आगलागी, १६ जनाको उद्धार
    • बेल संचार

    • १३ चैत्र २०८१, बुधबार

सुनसरी ।

इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा आज बिहान साढे ९ बजेदेखि भएको आगलागीमा १६ जनाको उद्धार गरिएको छ। उद्धार हुनेमा ११ पुरुष र ५ महिला छन्, जो आगोका कारण प्लाजामा फसेका थिए।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय टोलीहरु खटिएका छन्। सशस्त्र प्रहरीको नं. १ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा १०५ जनाको टोली र नेपाल प्रहरीका ६ वटा दमकल, नेपाली सेनासँगको सहकार्यमा आगो नियन्त्रण गर्न प्रयास भइरहेको छ।

अत्यधिक जोखिमका कारण, उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले हेलिकप्टर पनि पठाएको छ। गृहमन्त्री रमेश लेखकको सचिवालयले उक्त हेलिकप्टरको बारेमा जानकारी दिएको छ, र हेलिकप्टरबाट पनि उद्धार कार्य सुरु गरिएको छ।

उद्धार टोलीका अनुसार, अझै प्लाजाभित्र तीन जना मानिस फसेको देखिएको छ र उनीहरूको उद्धारको पर्खाइमा छ। यो घटना सँगै, उद्धार कार्य जारी छ र आगो पूर्ण रुपमा नियन्त्रणमा ल्याउने प्रयास भइरहेको

साताकाे चर्चित
सम्बन्धित