काठमाडौं।
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लंघन गरेको आरोपमा अधिवक्ता चन्द्रप्रकाश भुसालले बुधबार केन्द्र र प्रदेशका सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध रिट निवेदन दर्ता गरेका हुन्।
रिटमा दोहोरो सुविधा लिने कार्यले आर्थिक अनुशासन विपरीत हुने भएकाले संविधान र कानुनको पालना गर्नुपर्ने माग गरिएको छ। सर्वोच्च अदालतले उक्त रिटमाथि द्रुत सुनुवाइ हुने अपेक्षा गरिएको छ।