काठमाडौं ।
सुनसरी स्थित सेन्टर प्लाजा मा आगलागी नियन्त्रणमा आएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, आगलागी अब पूर्ण रुपमा नियन्त्रणमा ल्याइएको हो।
आज बिहान साढे ९ बजेदेखि आगलागी भएको थियो, र लगभग साढे ६ घण्टामा आगो नियन्त्रण गरिएको छ।
आगलागी नियन्त्रण गर्न १२ वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरू खटिएका थिए।
प्लाजाको चौथो तलामा आगलागी भएको थियो। सातौं तलामा फसेका ११ जनाको उद्धार हेलिकप्टरमार्फत गरिएको छ। उद्धार गरिएका व्यक्तिहरू मध्ये एक जना सामान्य घाइते भएका थिए।
उद्धार गरिएका व्यक्तिहरूका नाम:
– मेरिका राई (२३ वर्ष, भोजपुर आमचोक)
– लक्ष्मी श्रेष्ठ (२६ वर्ष, कैलाली)
– विजय धामी (२६ वर्ष, सुनसरी बराहक्षेत्र)
– बिष्णु तामाङ (काभ्रे, उमेर खुल्न बाँकी)
– D JAY (बंगलादेश, उमेर खुल्न बाँकी)
– सन्जय जैसवाल (४४ वर्ष, धनुषा कमला ९)
– दिया राय (२४ वर्ष, मोरङ बिराटनगर १५)
– विशाल सिंह (२८ वर्ष, मोरङ बिराटनगर १५)
– आशिष चौधरी (२४ वर्ष, सुनसरी रामधुनि ७)
अन्य २ जनाको पहिचान खुल्न बाँकी।