काठमाडौं उपत्यका विकास प्राधिकरणको कार्यालयमा कर्मचारीद्वारा तालाबन्दी
काठमाडौं उपत्यका विकास प्राधिकरणको कार्यालयमा कर्मचारीद्वारा तालाबन्दी
    • बेल संचार

    • १३ चैत्र २०८१, बुधबार

काठमाडौं ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूले बुधबार कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले प्रमुख एवं विकास आयुक्त जानुका ढकाल र नायब आयुक्त नवराज प्याकुरेलको कार्यकक्षमा ताला लगाएका हुन्।

कर्मचारीहरूले विभिन्न माग राख्दै उक्त कदम चालेका हुन्। उनीहरूको मुख्य असन्तुष्टि संस्थामा कर्मचारी हुँदाहुँदै गैरकानुनी रूपमा करार र ज्यालादारी भर्ना गरिएको तथा निजामती कर्मचारीहरूबाट कार्यालय सञ्चालन गरिनु रहेको छ।

यस विषयमा विरोध जनाउँदै कर्मचारीहरूले प्राधिकरणको कार्यालयमा तालाबन्दी गरी ज्ञापन पत्र समेत टाँसेका छन्। उनीहरूले यसअघि भएका सहमतिहरू पालना गर्न प्राधिकरणको नेतृत्वलाई आग्रह गरेका छन्।

तालाबन्दीका कारण कार्यालयका नियमित कामकाज प्रभावित भएका छन् भने प्राधिकरणले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

साताकाे चर्चित
सम्बन्धित