समाजवादी मोर्चाले विरोध प्रदर्शनमा हजारौं उतार्ने तयारी
समाजवादी मोर्चाले विरोध प्रदर्शनमा हजारौं उतार्ने तयारी
    • बेल संचार

    • १३ चैत्र २०८१, बुधबार

काठमाडौं ।

समाजवादी मोर्चाले आगामी १५ गते काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने विरोध प्रदर्शनमा हजारौं मानिस उतार्ने निर्णय गरेको छ। बुधबार सम्पन्न समाजवादी मोर्चाको १२औं केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिए।

प्रवक्ता प्रकाण्डका अनुसार विरोध प्रदर्शनमा झण्डै डेढ लाख मानिसको सहभागिता रहने अपेक्षा गरिएको छ। ‘१५ गतेको समाजवादी मोर्चाको विशाल विरोध प्रदर्शनलाई व्यवस्थित गर्न तयारी पूरा भएको छ,’ उनले भने, ‘हजारौं संख्यामा उपस्थित गराउने निर्णय भएको छ।’

साथै, गणतन्त्रको पक्षमा रहेका सबै राजनीतिक दलहरूलाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ।

जुलुसका लागि निर्धारण गरिएका रुटहरू

  • रुट–१ : कोटेश्वर – नयाँ बानेश्वर – माइतीघर – भृकुटिमण्डप

  • रुट–२ : कुपन्डोल – त्रिपुरेश्वर – सुन्धारा – शान्तिबाटिका – भृकुटिमण्डप

  • रुट–३ : नागपोखरी – पुतलीसडक – भृकुटिमण्डप

उक्त प्रदर्शनलाई व्यवस्थित गर्न विभिन्न समूह परिचालन गरिने र सुरक्षाका लागि आवश्यक तयारी भइरहेको मोर्चाले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित