तिलोत्तमा गोल्डकप : एपीएफ क्लब फाइनलमा प्रवेश
तिलोत्तमा गोल्डकप : एपीएफ क्लब फाइनलमा प्रवेश
    • बेल संचार

    • १३ चैत्र २०८१, बुधबार

बुटवल,

सशस्त्र प्रहरी बल (एपीएफ) क्लब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टर खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपीएफले संकटालाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको अन्त्यतिर एपीएफका फरवार्ड खेलाडी युवराज खड्काले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पुर्‍याए। उत्कृष्ट प्रदर्शन गरेका खड्का खेलको म्यान अफ द म्याच घोषित भए।

अब उपाधिका लागि एपीएफले मच्छिन्द्र एफसी र चर्च ब्वायज युनाइटेडबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

साताकाे चर्चित
सम्बन्धित