प्रधानमन्त्री ओलीद्वारा प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई शुभकामना
प्रधानमन्त्री ओलीद्वारा प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई शुभकामना
    • बेल संचार

    • १४ चैत्र २०८१, बिहीबार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित भेटघाट कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरूपमा चयन भएको विषयलाई सकारात्मक संकेतका रूपमा लिँदै अब व्यावसायिक, वैचारिक, तथा सांगठनिक कार्यमा सक्रिय रहन आग्रह गरे।

यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा सम्पन्न चौतारीको दशौं राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको थियो।

अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकांक्षीहरूले आफूलाई भेटे पनि कुनै पदमा सिफारिस नगरेको स्पष्ट पार्दै महाधिवेशनले सहमतिका आधारमा नेतृत्व चयन गरोस् भन्ने मात्र चाहना व्यक्त गरेको स्मरण गराए।

प्रधानमन्त्री ओलीले झुटबाहेक केही नबोल्ने तथा अरूलाई निराधार आरोप लगाउने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्दै देशको समृद्धि, सामाजिक सद्भाव, तथा एकताका लागि सञ्चार क्षेत्रबाट सकारात्मक योगदान आवश्यक रहेकोमा जोड दिए। साथै, सामाजिक सञ्जालको सही उपयोग गर्दै जातीय, भाषिक, क्षेत्रीय, तथा लैंगिक आधारमा कुनै पनि प्रकारको विभाजनकारी तत्व (भाइरस) संगठनमा प्रवेश गर्न नदिन सतर्क रहनुपर्ने बताए।

साताकाे चर्चित
सम्बन्धित