बाँकेको नरैनापुरमा आगलागीबाट प्रभावित १७ परिवारलाई रु १० हजार बराबरका राहत सामग्री वितरण गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी, नरैनापुर उपशाखाले पीडित परिवारलाई त्रिपाल, ब्ल्याङ्केट, भान्साका भाँडावर्तन, साबुन, सर्ट–पाइन्ट, धोतीलगायतका लत्ताकपडा प्रदान गरेको हो।
उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवका अनुसार, राहत सामग्री नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमत शाहको उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो।
गत मङ्गलबार भएको आगलागीमा १७ घर–गोठ जलेर करिब रु ५० लाख बराबरको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ।