भीमफेदी गाउँपालिकाद्वारा १९९ श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
भीमफेदी गाउँपालिकाद्वारा १९९ श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
    • बेल संचार

    • १४ चैत्र २०८१, बिहीबार

मकवानपुर ।

मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ।

गाउँपालिकाका अध्यक्ष फिद लामाका अनुसार, गत आर्थिक वर्षदेखि अनौपचारिक श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने अभियान सञ्चालन गरिएको थियो, जसअन्तर्गत हालसम्म १९९ श्रमिक कोषमा आबद्ध भएका छन्।

यस योजना अन्तर्गत श्रमिकको मासिक पारिश्रमिक रु १०,८२० बाट ११ प्रतिशत (रु १,१८०) श्रमिक आफैंले योगदान गर्नेछन्, भने गाउँपालिकाले थप रु १,०२४ योगदान गर्ने गरी रु २,२०४ सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाइएको छ।

श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा समावेश गराउन चालु आर्थिक वर्षमा गाउँपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ।

साताकाे चर्चित
सम्बन्धित