काठमाडौँ ।
ललितपुरको इमाडोलस्थित ओचुहाइटमा एक युवकको हत्या भएको छ। रामेछाप घर भई महालक्ष्मी नगरपालिका–४, ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिएका छन्।
गएराति करिब १२:४५ बजे रामेछापकै २५ वर्षीय सुमन रसाइलीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। व्यक्तिगत विवादका क्रममा रसाइलीले खातीमाथि आक्रमण गरेका हुन्।
प्रहरीका अनुसार, मृतकको घाँटीको दुवै भाग र गालामा गहिरो चोट लागेको छ। हत्यामा संलग्न रसाइलीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।