काठमाडौँ ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु १,३०० ले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा छापावाल सुनको मूल्य १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको हो।
यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार ५०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा रु १,९९० रहेको चाँदीको मूल्य बिहीबार २ हजार २० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।