सभामुख घिमिरेले प्रतिनिधि सभामा अवरोध खुलाउने प्रयास जारी राखेका छन्
सभामुख घिमिरेले प्रतिनिधि सभामा अवरोध खुलाउने प्रयास जारी राखेका छन्
    • बेल संचार

    • १४ चैत्र २०८१, बिहीबार

काठमाडौं ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा जारी अवरोध हटाउनका लागि प्रयास जारी राखेका छन्। बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन, त्यसपछि सभामुखले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

आज बिहान ११ बजे पुनः प्रतिनिधि सभाको बैठक बस्ने छ। बैठक अघि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने योजना बनाएका छन्।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकहरूसँग छलफल गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ।

विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका छन्। प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान रहेको छ।

साताकाे चर्चित
सम्बन्धित