अध्यक्ष प्रचण्ड : संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने क्रममा राजनीति गर्नुहुन्न
अध्यक्ष प्रचण्ड : संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने क्रममा राजनीति गर्नुहुन्न
    • बेल संचार

    • १४ चैत्र २०८१, बिहीबार

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने क्रममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन्। उनले पीडितहरुलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा आयोजित संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अगाडि बढेको बताए। उनले द्वन्द्व पीडितहरुलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिने धारणा राखे।

प्रचण्डले भने,
अहिले पनि राजनीतिक दलहरुबीच विवादहरू छन्। प्रमुख दलहरू सत्तापक्ष र प्रतिपक्षमा विभाजित छन्, सदनमा बहस भइरहेको छ। तर, तमाम विवादका बीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा हामी कहिल्यै विवादमा परेनौं।”

उनले संक्रमणकालीन न्यायलाई राष्ट्रिय मुद्दा भएकोले यसमा राजनीति गर्नु नहुने बताए।

प्रचण्डका अनुसार कहिले प्राविधिक, कहिले कानुनी, कहिले राजनीतिक कारणले संक्रमणकालीन न्याय टुंगोमा पुग्न ढिलाइ भएको हो। तथापि, उनले नेपालको मौलिक विशेषता अनुसार शान्ति प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे।

उनले थपे,
“फौजदारी कानुन जस्तो संक्रमणकालीन न्याय होइन। यसका आफ्नै केही मौलिक मान्यताहरू छन्, जसलाई सम्बन्धित देशको विशेषता अनुसार हेर्नुपर्छ।”

प्रचण्डले संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय मापदण्ड र नेपालकै विशेषता अनुरूप टुंगोमा पुर्‍याइने प्रतिबद्धता जनाएका छन्।

साताकाे चर्चित
सम्बन्धित