प्रधानमन्त्री केपी शर्मा ओलीको वक्तव्य : हिंसा ग्लोरिफाई गर्ने कार्यको विरोध
प्रधानमन्त्री केपी शर्मा ओलीको वक्तव्य : हिंसा ग्लोरिफाई गर्ने कार्यको विरोध
    • बेल संचार

    • १४ चैत्र २०८१, बिहीबार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई ग्लोरिफाई गर्ने र हिंसाको बाजा बजाउने कार्य अझै जारी रहेको भन्दै यसको कारण सोधेका छन्। उनले भने, “द्वन्द्वमा हजारौं अङ्गभङ्ग र टुहुरा भए। त्यसमा मल्हम लगाउनुपर्नेमा किन ग्लोरिफाई गरिरहेका छौँ? यसबाट मुक्त हुनुपर्छ।”

सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पीडितलाई न्याय दिन सकिने र सक्नुपर्छ भनेका थिए। उनले यसकै कारण ऐनहरू पारित गरिएको बताएको छ।

उनले सशस्त्र द्वन्द्वलाई राष्ट्रिय गल्ती भन्दै अब त्यस्तो घटना पुन: नहोस् भन्ने आशा व्यक्त गरे। “अब उप्रान्त त्यसो हुनुहुँदैन,” उनले भने। उनले द्वन्द्वका पीडितहरूको परिपूरणका लागि अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगको आवश्यक्तामा जोड दिएका छन्।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै शान्ति प्रक्रियामा घुसाएका अलग-अलग विषयहरूबारे पनि प्रश्न गरे। “कहाँबाट जोडियो यो? खेतमा पानी लगाउने र बाख्रो किनेको कुरा कहाँबाट जोडियो?” ओलीले प्रचण्डलाई चुनौती दिंदै भने।

प्रधानमन्त्रीले यस्तो किसिमको राजनीतिक बहसमा अल्झिन नहुनेमा जोड दिँदै शान्ति प्रक्रियामा इमानदारीका साथ अघि बढ्न भन्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्याए।

साताकाे चर्चित
सम्बन्धित