काठमाडौं ।
नेपालमा संक्रमणकालीन न्याय प्रक्रियासँग सम्बन्धित राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै मञ्चमा उपस्थित भएका छन्।
कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसदहरू, तथा द्वन्द्व पीडितका प्रतिनिधिहरू समेत सहभागी छन्।
यस राष्ट्रिय सम्मेलनमा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारबारे छलफल भएको छ।
समयको चाप रहेको भन्दै प्रचण्डले आफ्नो मन्तव्य राखेपछि कार्यक्रमबाट बाहिरिएको स्रोतले जनाएको छ।