डा. बाबुराम भट्टराई : नेपालको अर्थनीति र राजनीतिक संकटमा
डा. बाबुराम भट्टराई : नेपालको अर्थनीति र राजनीतिक संकटमा
    • बेल संचार

    • १४ चैत्र २०८१, बिहीबार

काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको अर्थनीति र राजनीति गम्भीर संकटमा रहेको बताएका छन्।

उनले घोराहीमा आयोजित एक कार्यक्रममा भने कि ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गर्न सकेमा वर्तमान समस्याहरू समाधान हुने सम्भावना छ।

उनको भनाइमा, संविधानले राजनीतिक अधिकार स्थापित गरेको भए पनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसकेको छ। यस कारण, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको बताएका छन्।

डा. भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले सरकारलाई स्थिरता दिने र आर्थिक विकासलाई संस्थागत गर्ने बताए।

उनले थप भने, “रोगको समयमा उपचार भएन भने अस्थिरता अझ बल्झिन्छ।” उनले २०७२ को संविधानले राजनीतिक अधिकार दिए पनि आर्थिक विकासका मुद्दा अघि बढाउन नसकिएको र यसले जनतामा निराशा थपेको जिकिर गरे।

साताकाे चर्चित
सम्बन्धित