पर्यटन प्रोजेक्ट सोकेस प्रदर्शनी मिति परिवर्तन, २०८२ जेष्ठ ९ देखि ११ सम्म हुने
पर्यटन प्रोजेक्ट सोकेस प्रदर्शनी मिति परिवर्तन, २०८२ जेष्ठ ९ देखि ११ सम्म हुने
    • बेल संचार

    • १४ चैत्र २०८१, बिहीबार

काठमाडौं।

एलिसन हस्पिटालिटी प्रा.लि.को आयोजनामा नेपालमै पहिलोपल्ट पर्यटनको प्रोजेक्ट बनाएर सोकेस गरिने कार्यक्रमको मिति परिवर्तन गरिएको छ। आयोजकले एक प्रेस विज्ञप्ति प्रकाशन गरी जानकारी दिएका अनुसार, विद्यार्थीहरूको परीक्षाको कारण मिति परिवर्तन गरिएको हो। विद्यार्थियोंका अनुरोध र प्रतिष्पर्धीहरूको सहजतालाई ध्यानमा राख्दै, सो प्रदर्शनी २०८२ जेष्ठ ९ गतेदेखि ११ गते काठमाडौंस्थित जी रामायणा होटलमा हुने भएको छ।

पहिलो चरणमा, कोशी प्रदेशको पर्यटन प्रोजेक्ट बैंक तयार गर्न लागिएको छ। एलिसन हस्पिटालिटी प्रा.लि.की अध्यक्ष, एलिना मगरका अनुसार प्रोजेक्ट बैंक नेपालभर तयार गरिनेछ। प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरूले २०८२ वैशाख १६ गते सम्म रजिष्ट्रेसन गर्नुपर्नेछ। साथै, रजिष्ट्रेसन गरेको टिमलाई यथावत राखेर ओरियण्टेसन कक्षा २०८२ वैशाख १७ गते आयोजना गरिएको छ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि, विद्यार्थीहरूले कन्सेप्ट पेपर आगामी २०८२ वैशाख १९ गतेसम्म बुझाउनुपर्नेछ। कन्सेप्ट छनौट मिति २०८२ वैशाख २० गते काठमाडौंमा हुनेछ। चयन भएका १० वटा कन्सेप्ट पेपरलाई स्थलगत अध्ययन गरी प्रोजेक्ट तयार गर्न भनिनेछ।

प्रतियोगितामा इन्जिनियरिङ (सिभिल र आर्किटेक्चर) का विद्यार्थीहरूले मात्र सहभागी हुन सक्नेछन्, तर उनीहरू आवश्यकतानुसार टीममा अन्य विषयका विद्यार्थीहरू पनि सामेल गर्न सक्नेछन्। यस प्रतिस्पर्धाले नवीन र दिगो पर्यटन संरचना र योजनाहरू विकास गर्ने, स्थानीय सम्पदाको प्रवद्र्धन गर्ने र विद्यार्थीहरूलाई व्यावसायिक अवसर प्रदान गर्ने उद्देश्य राख्दछ।

प्रथम पुरस्कार नगद रु. १ लाख, द्वित्तीय पुरस्कार नगद रु. ५० हजार, तृतिय पुरस्कार रु. २५ हजार, र समान्य सहभागी प्रत्येक टिमलाई रु. १० हजार र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, प्राबिधिक सहयोग नेपाल ईन्जिनियर्स एसोसिएशन र सोसाइटी अफ नेपलिज आर्किटेक्ट द्वारा गरिनेछ।

कोशी प्रदेश सरकार र उद्योग वाणिज्य संघ यस कार्यक्रमको प्रवद्र्धक रहेका छन्। कार्यक्रमको व्यवस्थापन इटहरीको काफल इभेन्ट्सले गर्दैछ।

साताकाे चर्चित
सम्बन्धित