कुलमान घिसिङको पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट दर्ता
कुलमान घिसिङको पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट दर्ता
    • बेल संचार

    • १४ चैत्र २०८१, बिहीबार

काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। उक्त रिट बुधवार पेस गरिएको भए पनि आज मात्रै दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति, तथा नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइएको छ। घिसिङले आफ्नो पुनर्स्थापनाको माग गर्दै उक्त रिट दायर गरेका हुन्।

सर्वोच्च अदालतले उक्त रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइ गर्ने गरी पेसी तोकेको छ।

साताकाे चर्चित
सम्बन्धित