काठमाडौं ।
चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा बृहत् जनप्रदर्शन र जनसभाको आयोजना गरेको छ।
वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ भृकुटीमण्डपमा आयोजना गरिएको जनसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिनेछ।
जसअनुसार सोह्रखुट्टे चोक, बबरमहल (पुलको छेउ), कुपण्डोल (हनुमानथान), त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड गेट, मैतीदेवी चोकबाट जुलुस निकाल्ने गरी तयारी गरिएको मोर्चाले जनाएको छ।
सबै जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजेदेखि जनसभा सुरु हुनेछ। समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा र नेकपा रहेका छन्।