काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप, केही नियन्त्रणमा
काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप, केही नियन्त्रणमा
    • बेल संचार

    • १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

काठमाडौंको तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले केही राजावादी समर्थक युवालाई नियन्त्रणमा लिएको छ।

राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै राजावादी समूहले तीनकुनेमा प्रदर्शन गरिरहेका थिए।

प्रदर्शनका क्रममा राजावादी समर्थकहरूले निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तीनकुने पुलबाट नयाँ बानेश्वरतर्फ जान रोकिरहेका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीहरूलाई सचेत गराउँदै आएको छ भने प्रदर्शन शान्तिपूर्ण राख्न माइकिङ पनि गरिएको छ।

केहीबेर तनाव सिर्जना भए पनि सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित