काठमाडौं ।
काठमाडौंको तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका पक्षधर राजावादीहरूको प्रदर्शन प्रहरीले बिथोलेपछि नेताहरू कार्यक्रमस्थल छाडेर बाहिरिएका छन्।
राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै विभिन्न स्थानबाट आएका प्रदर्शनकारीहरू तीनकुनेमा भेला भएका थिए। तर, निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दै अश्रुग्यास प्रहार गरेको थियो।
प्रदर्शन स्थलमा तनाव बढ्दै गएपछि नेताहरूले कार्यक्रमस्थल छोड्न बाध्य भएका हुन्। यसअघि, प्रहरीले बानेश्वर जाने सडक अवरुद्ध गर्दै प्रदर्शनकारीहरूलाई अघि बढ्न नदिएको थियो।
प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ भने तीनकुने क्षेत्रमा अझै केही प्रदर्शनकारीहरू रहेका छन्।