तीनकुनेमा राजावादी प्रदर्शन उग्र, नेताहरू आन्दोलनको मैदानबाट भागे
तीनकुनेमा राजावादी प्रदर्शन उग्र, नेताहरू आन्दोलनको मैदानबाट भागे
    • बेल संचार

    • १५ चैत्र २०८१, शुक्रबार

काठमाडौँ ।

काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा राजावादी नेताहरू आन्दोलनको मैदानबाट अन्यत्र लागेका छन्।

प्रदर्शनस्थलमा राजावादी संयुक्त आन्दोलनका संयोजक नवराज सुवेदीसहितका नेताहरू पुगेका थिए, तर झडप भएपछि उनीहरू प्रदर्शनस्थल छोडेर अन्यत्र गएका हुन्।

विरोध सभामा राप्रपा नेता प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा र दुर्गा प्रसाईजस्ता नेताहरू पुगेका थिए, तर एकाएक झडप भएसँगै कार्यक्रम बिथोलियो। राजावादी नेतृत्वविहीन भएको प्रदर्शन हिंसात्मक बनेर तोडफोडमा उत्रिएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको थियो।

यसबीच, संयुक्त आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले फेसबुकमार्फत प्रदर्शनकारीलाई संयमित बन्न आह्वान गरेका छन् र निजी सम्पत्तिमा क्षति नगर्न अपील गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित