तीनकुने प्रदर्शन हिंसात्मक, दुर्गा प्रसाईं पक्राउको तयारी
तीनकुने प्रदर्शन हिंसात्मक, दुर्गा प्रसाईं पक्राउको तयारी
    • बेल संचार

    • १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

प्रहरीले तीनकुने प्रदर्शनमा हिंसा भड्किएको भन्दै जनकमाण्डर घोषित दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ। प्रसाईं नेतृत्वको आन्दोलन नियन्त्रण भन्दा बाहिर गएपछि उनलाई कानुनी कारबाहीको दायरामा ल्याउने निष्कर्षमा प्रहरी पुगेको हो।

नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार प्रसाईंको खोजी जारी छ। गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव छविलाल रिजालले पनि उनलाई कारबाही गरिने बताएका छन्।

शुक्रबार दिउँसो प्रसाईं आफैं बीएबी ४२०८ नम्बरको गाडी चलाउँदै अघि बढेका थिए। उनले ‘आओ-आओ’ भन्दै प्रदर्शनकारीलाई उक्साएको देखिने भिडियो सार्वजनिक भएको छ।

तीनकुनेको निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ भए पनि प्रसाईंले गाडी चलाउँदै अघि बढ्ने क्रममा सुरक्षाकर्मीलाई अश्लील गाली गरेका थिए। प्रहरीले उनको गाडी रोक्ने प्रयास गरे पनि उनी जबरजस्ती बाटो खुलाउँदै अघि बढेका थिए।

प्रसाईंको नेतृत्वमा निषेधित क्षेत्र तोडिएपछि राजावादी आन्दोलन झन् उग्र बनेको थियो। पहिलो घेरामा रहेका प्रहरीलाई पन्छाउँदै अघि बढेपछि सुरक्षाकर्मीहरू पछि हटेका थिए।

यसक्रममा काठमाडौंका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटनाहरू भएका छन्, जसले स्थिति झन् तनावग्रस्त बनाएको छ।

साताकाे चर्चित
सम्बन्धित