अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप: फाइनलमा नेपाल म्यानमारसँग पराजित
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप: फाइनलमा नेपाल म्यानमारसँग पराजित
    • बेल संचार

    • १४ फाल्गुन २०८१, बुधबार

काठमाडौं ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा घरेलु टोली नेपाल म्यानमारसँग पराजित भएको छ।

उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको नेपाल निर्णायक खेलमा २–० को हार बेहोर्दै उपविजेतामै सीमित भयो। पाहुना टोली म्यानमारले खेलको अधिकांश समय बल नियन्त्रणमा राख्दै प्रभावशाली खेल प्रदर्शन गर्‍यो।

पहिलो हाफमै अग्रता लिएको म्यानमारले दोस्रो हाफमा थप एक गोल गर्दै नेपालको उपाधि यात्रा रोकेको हो। खेलभर नेपाली टोलीले गोल फर्काउने केही अवसर सिर्जना गरे पनि फिनिसिङमा कमजोरी देखियो।

यस हारसँगै नेपालले घरेलु मैदानमा उपाधि उचाल्ने अवसर गुमाएको छ। यद्यपि, प्रतियोगिताभरि नेपाली खेलाडीहरूले देखाएको समर्पण र प्रदर्शन प्रशंसनीय रहेको छ।

साताकाे चर्चित
सम्बन्धित