प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु
    • बेल संचार

    • २५ फाल्गुन २०८१, आईतवार

दाङ

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला, र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन भइरहेको छ।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। ‘खेल पर्यटनको विकास भइरहेको छ, यो सुखद पक्ष हो,’ उनले भने, ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ। अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई समेत आकर्षित गरिरहेको छ।’

प्रतियोगिताले देशभरका प्रतिभावान खेलाडीहरूलाई अवसर दिने र नेपाली क्रिकेटको प्रवर्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित