काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा र भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कको अनलाइन भुक्तानीमा ५० प्रतिशत सेवा शुल्क छुट योजना सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको यो विशेष योजनाअन्तर्गत नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको शैक्षिक शुल्क, बीमा शुल्क तथा भाषा परीक्षाका लागि लाग्ने शुल्क अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्। यो योजना सन् २०२५ को अगस्ट ३१ सम्म लागू हुनेछ।
बैंकका अनुसार IELTS, TOEFL, SAT, GRE, GMAT, PTE, OET, USMLE, CFA जस्ता अन्तर्राष्ट्रिय परीक्षाहरूको शुल्क भुक्तानी गर्दा यो छुट लागू हुनेछ। सेवाग्राहीहरूले आवश्यक कागजात पूरा गरेपछि मात्र छुटको सुविधा उपलब्ध हुनेछ।
ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज बनाउन र विद्यार्थीहरूलाई आर्थिक रूपमा सहयोग पुर्याउने उद्देश्यले यो योजना ल्याएको हो। बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सरल, सुरक्षित र भरपर्दो भुक्तानी सेवा प्रदान गरिरहेको जनाएको छ।
नेपालभर ७७ वटै जिल्लामा आफ्नो सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई बैंकले ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ।
पुरस्कार र सम्मान ग्लोबल आइएमई बैंकले हालै “ग्लोबल फाइनान्स” को बेष्ट बैंक अवार्ड २०२४ र “युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४” प्राप्त गर्दै नेपालको सर्वश्रेष्ठ बैंकको मान्यता पाएको छ। साथै, बैंकले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न विधामा सम्मान प्राप्त गरेको छ।
रेमिट्यान्स सेवामा अग्रणी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै नेपालीहरूलाई सरल र भरपर्दो सेवा प्रदान गर्दै आएको छ।
वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि ग्लोबल आइएमई बैंकको यो छुट योजनाले नेपाली विद्यार्थीहरूलाई थप राहत मिल्ने विश्वास गरिएको छ।