कोशी प्रदेश प्रमुखद्वारा पाँच विधेयक प्रमाणीकरण
कोशी प्रदेश प्रमुखद्वारा पाँच विधेयक प्रमाणीकरण
    • बेल संचार

    • ३० फाल्गुन २०८१, शुक्रबार

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले बिहीबार पाँच विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ (१) अनुसार सभामुखबाट प्रमाणित गरिएका विधेयकहरूलाई प्रदेश प्रमुखले प्रमाणीकरण गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालय, विराटनगरका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार, प्रमाणीकरण गरिएका विधेयकहरू संविधानको धारा २०१ (२) अनुरूप प्रमाणित भएका हुन्।

प्रमाणीकरण गरिएका विधेयकहरू:

१. प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक, २०८१
२. प्रदेश बीउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१
3. केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१
4. प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१
5. कोशी प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१

यस विधेयक प्रमाणीकरणसँगै कोशी प्रदेशमा विषादी व्यवस्थापन, बीउबिजन आपूर्ति, भवन निर्माण तथा वातावरण संरक्षणसम्बन्धी कानुनी संरचना थप मजबुत हुने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित