सुर्खेत।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का ३७ वर्षीय लक्ष्मीप्रसाद उपाध्यायको गाडीबाट हाम फाल्दा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार, उपाध्यायले गएराति ११ बजेतिर वीरेन्द्रनगर–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट हाम फालेका थिए।
गाडीबाट हाम फालेपछि उनी गम्भीर घाइते भएका थिए। तत्काल अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।
यस घटनामा संलग्न गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।