ललितपुर।
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्व-रोजगार महिला संघ नेपाल NID- SEWA ले फागुन २६ गते मार्च १० तारिखका दिन PH international को सहकार्य तथा WE-Win, द लेप्रो सी नेपाल, परिलक्षित लगायतका संघ संस्थाहरूको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका लागि Archery धनुष बाण खेलकुदको परिचय तथा खेलकुद कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । ११५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ललितपुरको The Best Archery मा आयोजना गरिएको सो कार्यक्रमकी प्रमुख अतिथि एवं नेपाल प्यारालिम्पिक कमिटीकी अध्यक्ष राधा घलेले अपाङ्गता भएका व्यक्तिहरूले पनि अपाङ्गता अनुकूलको वातावरण, खेल मैदान र खेल सामग्रीहरूको व्यवस्था भएमा यो Archery धनुष बाण खेल खेल्न सक्ने बताउनु भयो ।
साथै उहाँले राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्व-रोजगार महिला संघ नेपालकी अध्यक्ष गङ्गा छन्त्यालले यो खेलको सुरुवात गर्नु भएकोमा उहाँलाई बधाई दिँदै यस्ता कार्यक्रमको निरन्तरताको लागि आवश्यक सहयोग गर्ने पनि यस खेलको सफलताको शुभकामना व्यक्त गर्नु भयो । त्यसै गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा तेक्वाण्डो खेलाडी नन्दा बस्यालले ११५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्व-रोजगार महिला संघ नेपाल NID- SEWA ले अपाङ्गता भएका व्यक्तिहरूका लागि Archery धनुष बाण खेलको विषयमा जानकारी दिँदै खेल कार्यक्रमको आयोजना गरेकोमा यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी भएर सफलता प्राप्त गर्न सक्ने भन्दै यस खेलको निरन्तरताको शुभकामना व्यक्त गर्नु भयो । त्यसै गरी राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्व-रोजगार महिला संघ नेपाल NID- SEWA ले फागुन २६ गते मार्च १० तारिखका दिन आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि Archery धनुष बाण खेलकुदको परिचय तथा खेलकुद कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष गङ्गा छन्त्यालले विभिन्न खेलकुदहरू मार्फत अपाङ्गता भएका व्यक्तिहरूले योगदान दिँदै आएको र यो Archery धनुष बाण खेल मार्फत पनि देशलाई चिनाउन, खेलकुदको विकास गर्नका लागि योगदान दिन सक्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि Archery धनुष बाण खेलको विषयमा जानकारी दिने र खेल खेल्न नै सिकाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
साथै उहाँले आगामी दिनमा सरोकारवाला निकायहरूको साथ र सहयोग प्राप्त भएमा हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि Archery धनुष बाण खेल सम्बन्धी विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि यो खेलको सुरुवात गर्ने कुरामा जोड दिनु भएको थियो । यस कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकी शाखा अधिकृत सुचित्रा रानाले यस अपाङ्गता भएका व्यक्तिहरूका लागि यो Archery धनुष बाण खेल सम्बन्धी कार्यक्रमको आयोजना गर्नु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै यस खेललाई निरन्तरताको लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।
यसै क्रममा The Best Archery ललितपुरका सञ्चालक तथा प्रशिक्षक नवीन वीर बस्नेतले Archery धनुष बाण खेलको बारेमा जानकारी दिँदै विश्वमा यो खेलको सुरुवात सन् १९९० को दशकबाट सुरु भएको र नेपालमा पनि त्यही समय देखि खेल्न थालिएको भन्दै यस खेल खेल्दा अपनाउनु पर्ने सुरक्षाका विषयमा पनि जानकारी गराउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूले यस खेललाई निरन्तरता दिँदै खेल्न सक्ने भन्दै उहाँलाई अपाङ्गताको अवस्था तथा विविधता अनुसार तालिम प्रदान गर्नु पर्ने भन्दै खेलका नीति नियमहरूका बारेमा पनि जानकारी गराउनु भयो ।
सो कार्यक्रममा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठले सन् २०२६ मा हुने पारा खेल प्रतियोगितामा Archery धनुष बाण खेललाई पनि समावेश गरिएको र उक्त प्रतियोगितामा अपाङ्गता भएका व्यक्तिहरू पनि सहभागी हुन सक्ने भन्दै यस खेलबाट अपाङ्गता भएका व्यक्तिहरूले पनि अवसर पाएको खण्डमा देशको लागि मेडल ल्याउन सक्ने छन् र देशको नाम विश्व सामु चिनाउन सक्ने भन्दै यो खेललाई निरन्तरता दिनु पर्ने र आवश्यक सहयोग गर्ने कुरामा जोड दिनु भयो ।
११५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्व-रोजगार महिला संघ नेपाल NID- SEWA ले फागुन २६ गते मार्च १० तारिखका दिन ललितपुरको The Best Archery मा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि Archery धनुष बाण खेलकुदको परिचय तथा खेलकुद कार्यक्रममा शारीरिक, डाउन सिण्ड्रोम तथा बहिरा अपाङ्गता भएका व्यक्तिहरू गरी १० जना खेलाडीहरूको सहभागिता रहेको थियो भने सहभागी सबै खेलाडीहरूले पहिलो पटक Archery धनुष बाण खेल खेलेका थिए ।