उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै
    • बेल संचार

    • ३० फाल्गुन २०८१, शुक्रबार

काठमाडौं ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ बस्ने भएको छ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू सम्मिलित संयन्त्रको बैठक आज साँझ ५:३० बजे बालुवाटारमा बस्ने तय गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय स्रोतका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

बैठकमा सत्ता सहकार्य, नीति निर्माण र आगामी कार्यसूचीबारे छलफल हुने अपेक्षा गरिएको छ। उच्चस्तरीय संयन्त्रले प्रमुख दलहरूबीचको समझदारी कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

साताकाे चर्चित
सम्बन्धित