पूर्व–पश्चिम राजमार्गमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु
पूर्व–पश्चिम राजमार्गमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु
    • बेल संचार

    • ३० फाल्गुन २०८१, शुक्रबार

नेपालगन्ज ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

बाँकेको कोहलपुर नगरपालिका–१५ मा आज बिहान भएको दुर्घटनामा ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए।

सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नम्बरको जिपले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका थारुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पातलीले बताए।

 

साताकाे चर्चित
सम्बन्धित