वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीद्वारा जलवायुका असरबारे ध्यानाकर्षण
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीद्वारा जलवायुका असरबारे ध्यानाकर्षण
    • बेल संचार

    • ३० फाल्गुन २०८१, शुक्रबार

काठमाडौँ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीले जलवायु परिवर्तनका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लण्डन पुगेका मन्त्री ठकुरीले जलवायु परिवर्तनका चुनौतीहरूबारे प्रकाश पारेका हुन्।

मन्त्री ठकुरी बिहीबार बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसिडिओ) द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच कार्यक्रममा सहभागी भएका थिए। त्यसै दिन बेलुका उनी बकिङ्घम दरबारमा राजा चार्ल्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा पनि सहभागी भएका छन्।

बिहीबार दिउँसो मन्त्रीस्तरीय गोलमेच बैठकमा मन्त्री ठकुरीले नेपालको जल सुरक्षाका दृष्टिकोणहरू प्रस्तुत गरेका थिए। उनले प्रणाली र जीविकोपार्जनमा जलवायु परिवर्तनले ल्याएका जीवन–मरणका चुनौतीको सामना गर्न नेपाल सरकारले लिएका पहलबारे जानकारी गराएका थिए।

कार्यक्रममा जलवायु परिवर्तन र जल असुरक्षाबाट प्रभावित विभिन्न देशका मन्त्रीहरू, जल सुरक्षा, जलवायु परिवर्तन र प्रकृतिका विज्ञहरू तथा विश्व बैंक, युएनइपी, युएनआइसीइएफ, आइएफएडी र ग्लोबल कमिसन अन द इकोनोमिक्स अफ वाटरलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

मन्त्री ठकुरीले नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ को जानकारी गराउँदै यस संवादले बहुपक्षीय अन्तरक्रिया गर्ने र ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा विश्वव्यापी छलफल गर्ने बताए। उनले हिमालय क्षेत्रका जलवायु परिवर्तनका मुद्दाहरू सम्बोधन गर्न नेपालले लिएको बलियो पहलका बारेमा जोड दिएका थिए।

कार्यक्रमका क्रममा मन्त्री ठकुरीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको तर्फबाट बेलायतको ‘एफसिडिओ’ का अन्तर्राष्ट्रिय विकास, ल्याटिन अमेरिका र क्यारिबियन मामिलाका राज्यमन्त्री बैरोनेस चापम्यानलाई ‘सगरमाथा संवाद’ मा सहभागी हुन औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरे। साथै, बेलायतका प्रकृति विशेष प्रतिनिधि रुथ डेभिसलाई पनि सोही निमन्त्रणा दिएका थिए।

सो अवसरमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

यसअघि, बाँकेको कोहलपुरमा पूर्व–पश्चिम राजमार्गमा जिपको ठक्करबाट ६० वर्षीय अटवारी थारुको मृत्यु भएको थियो। ठक्करबाट गम्भीर घाइते भएका थारुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। दुर्घटनापछि इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिएका छन्।

 

साताकाे चर्चित
सम्बन्धित