देशु घुमौ सम्बन्ध बढाअौ भन्ने मुल नारा लिएर अन्तु ईलाम देखि रारा मुगु सम्म हिडेका साईकल यात्रीको टोलीलाई पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दिपक बाबू कंडेलले बिधाई गरेका छन् । हिजो १३ अौं दिन धादिङ बाट आएर लिगलिगकोट बसेको टोलीलाई विहान कंडेलले लिगलिगकोटमानै फुल, माला र बिधाई गरेका हुन । नगर प्रमुख कंडेलले यात्र फलदायी र सुखमय होस भन्ने कामना गर्दै संसारको पहिलो लोकतान्त्रिक मुलुक लिगलिगकोटबाट राम्रो
संदेश दिन पनि आग्रह गरे । स्पोर्ट्स टुरिजम मार्फत साईकल यात्रा सँग निरन्तर जोडिरहने प्रतिबद्धता पनि नगर प्रमुख कंडेलले कार्यक्रममा बताएका थिए ।
त्यस्तै कार्यक्रममा विश्व साईकल यात्री पुष्कर शाहाले लिगलिगकोट संस्कृतिक र ऐतिहासिक ठाउँमा आउने अवसर पाएकोमा खुसि व्यक्त गरे । लिगलिगकोटमा प्रर्यटन बढाउनका लागि आफ्नो तर्फबाट विश्वभरका यात्रीहरुलाई निमन्त्रणा गरेको र आफ्नो यश पहलबाट सानो सहयोग पुग्ने आशा पनि व्यक्त गरे ।
त्यस्तै कार्यक्रमलाई लिगलिग भिलेज स्पोर्ट्सले सहजिहरण गरेको थियोे । साईकल यात्राको टोली लिगलिगकोट बस्ने योजनामा नभएको र लिगलिगलाई चिनाउनका लागि आँफुहरुले यहाँ सम्म ल्याउन पहल गरेको लिगलिग भिलेज स्पोर्ट्सका अध्यक्ष संजिव रानाले जानकारी दिए । कार्यक्रममा लिगलिग भिलेज स्पोर्ट्सका तर्फबाट मायाको चिनो र लिगलिगे साईकल दोडको टिसर्ट सम्मान र सम्झना स्वमरुप विश्व साईकल यात्रि शाहालाई प्रदान गरिएको थियोे ।