एमाले अध्यक्ष केपी ओलीले पार्टीको विधान महाधिवेशनस्थलको निरीक्षण गरेका छन् ।
ओलीले बुधबार महाधिवेशनस्थलको निरीक्षण गरेका हुन् । एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आगामी १५ देखि १७ असोजमा हुँदै छ । महाधिवेशनमा करिब पाँच हजार प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।