मङ्सिर २४ गते, विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः
मङ्सिर २४ गते, विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः
    • बेल संचार

    • २४ मंसिर २०७८, शुक्रबार

अर्जेन्टिनामा महिला राष्ट्रपति
सन् २००७ को १० डिसेम्बरमा अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो । आजकै दिन क्रिष्टिना फर्नेन्डाइज क्रिच्नर अर्जेन्टिनाको पहिलो महिला राष्ट्रपति बनेकी थिइन्।

विश्व मानवअधिकार दिवस

 

सन् १९४८ मा राष्ट्रसंघले मानवअधिकारवारे विश्वव्यापी घोषणा अंगीकार गरेको थियो । घोषणामा मानिसहरुको आधारभूत अधिकारलाई विश्वव्यापी रुपमा संरक्षण गरिएको छ । घोषणा गरेको दिन १० डिसेम्बरलाई विश्व मानवअधिकार दिवस मनाइन्छ ।

 

पहिलो पटक नोबेल पुरस्कार वितरण

सन् १९०१ को १० डिसेम्बरमा पहिलो पटक नोबेल पुरस्कार वितरण गरिएको थियो । स्वीडेनका रसायनशास्त्री डा. अल्फ्रेड नोबेलको मृत्युको पाँच वर्षपछि पहिलो नोबेल पुरस्कार घोषणा गरिएको थियो ।

 

मिसीसिपी अमेरिकाको २०औं राज्य

सन् १८८७ मा मिसीसिपी अमेरिकाको २०औं राज्य बनेको थियो ।

साताकाे चर्चित
सम्बन्धित