नेपाली कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा चुनावी घोषणा पत्र निर्माण समिति बनाएको छ।
सोमबार कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र तयारी समितिमा २७ जनालाई मनोनीत गरेको हो।
गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्री थापाको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो।
सो समितिमा प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवासहित २७ जनालाई मनोनयन गरेको हो।