युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँके क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस भएका छन्।
मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मन्त्री गहतराजलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो ।
उनी २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।