काठमाडौं ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।
सरकारको नीति तथा कार्यक्रममा सुझाव लिनका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनमा आवद्ध १० दलका नेताको बैठक बोलाएका हुन् ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी दललाई बोलाइएको हो ।
त्यस्तै, जनमत पार्टी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका नेता पनि सहभागी छन् ।