काठमाडौं ।
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले ३ सय ४० रनको विजयी लक्ष्य पाएको छ ।
बलिङमा आक्रामक शुरूआत गरेको नेपालले त्यसलाई निरन्तरता दिन नसक्दा विशाल लक्ष्य पाएको हो ।
५३ रनमा ३ विकेट गुमाएको वेस्ट इन्डिजका लागि शाइ होप र निकोलश पुरनले शतकीय योगदान गर्दै विशाल स्कोरमा पुर्याए ।
कप्तान होप १३२ र पूरन ११५ रन बनाएर आउट भए ।
नेपालका लागि ललित राजवंशीले ३ तथा करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।
प्रतियोगितामा नेपालले तेस्रो खेल खेलिरहेको हो । वेस्टइन्डिजले भने यसअगाडि एक खेल मात्र खेलेको छ।
नेपाल एक हार र एक जीतसहित समूहको तेस्रो र एक जीतसहित वेस्टइन्डिज दोस्रो स्थानमा छन् ।
नेपाल र वेस्टइन्डिज पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।