काठमाडौं ।
आर्सनलले प्रिमियर लिगमा शेफिल्ड युनाइटेडलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
शेफिल्डको मैदानमा भएको खेलमा एकपक्षीय जित निकाल्दै प्रिमियर लिगमा आर्सनलले लगातार सातौं खेल जितेको हो ।
आर्सनलका लागि मार्टिन ओडेगार्डले पाँचौ मिनेटमै पहिलो गोल गरेका थिए । १३औं मिनेटमा शेफिल्डका जयडेन बोग्लेले आत्मघाती गोल गरेपछि आर्सनले अग्रता दोब्बर बनायो ।
पहिलो हाफमा गोलको वर्षा गरेको आर्सनलले दोस्रो हाफमा भने एक गोल मात्र थप्यो । ५८औं मिनेटमा बेन ह्वाइटले छैटौं गोल गरे ।
जितपछि आर्सनलले शीर्ष स्थानको लिभरपुल र दोस्रो स्थानको स्थानको म्यानचेष्टर सिटीलाई टक्कर दादै उपाधि होडमा आफूलाई कायम राखेको छ ।
आर्सनलको २७ खेलबाट ६१ अंक भएको छ । समान खेलबाट लिभरपुलको ६३ र सिटीको ६२ अंक छ ।
पराजित शेफिल्ड २७ खेलबाट १३ अंकसहित पूछारमा छ ।