सभापतिमा ढकाल नेपाली कांग्रेस पालुङटार नगरमा , सचिवमा गिरि र पाण्डे
सभापतिमा ढकाल नेपाली कांग्रेस पालुङटार नगरमा , सचिवमा गिरि र पाण्डे
    • Bell Sanchar

    • १० आश्विन २०७८, आईतवार

नेपाली कांग्रेस पालुङटार नगर सभापतिमा विमल ढकाल निर्वाचित भएका छन् । नेपाली कांग्रेस १४ अौं महाअधिवेसन पालुङटार नगर कार्य समितिको दोस्रो नगर अधिवेशनबाट ढकाल निर्वाचित भएका हुन ।

कुल खसेको १७७ मतमा विमल ढकालले १२३ मत प्रप्त गरेका हुन भने निकटतम प्रतिशप्रधी अमर धितालले ५३ मत प्रप्त गरेका हुन् । सहमतिबाट सभापति चयन गर्ने प्रयास गरिएपनि सहमतीको प्रयास असफल भएको मतदान भएको थियो । नवनिर्वाचित सभापति ढकालले बि.स २०५० सालमा नेविसंघ ल क्याम्पसको सचिव हुदै ०५२ मा कार्यबहाक सभापति,

सिटीइभिटीको संस्थापक महासचिव, गोरखा काठमाण्डौ प्रजातान्त्रिक समाजको सहसचिव, नेपाली काग्रेस पालुङटार नगरपालिकामा सचिव तथा संगठन बिभाग प्रमुखको जिम्मेवारी सम्हाली सक्नु भएको छ ।त्यस्तै नगर सचिव पदका लागि पनि चुनाव भएको थियोे । नगर सचिव दुई पदका लागि ४ जनाको उमेदवारी परेको थियो, जसमा अत्यधिक मत १४१ का साथ किरण गिरि र
८६ मतका साथमा मान बहादुर पाण्डे निर्वाचित भएका हुन् ।

अन्य सचिव पदका उम्मेदवार रमेश पोख्रेल र पवन अधिकारीले क्रमश ४६ र ४१ मत प्रप्त गरेका निवर्तमान सचिव सरोज देवकोटाले बताए ।
अन्य पद उपसभापतिमा हरि भट्टराई र सरिता कुमारी अधिकारी निर्विरोध चयन भएका छन् भने सह सचिवमा कुमार श्रेष्ठ र सुनिता थापा अधिकारी निर्विरोध चयन भएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित