कर्णालीका मुख्यमन्त्री शाहीले कार्तिक ५ गते राजीनामा दिने
कर्णालीका मुख्यमन्त्री शाहीले कार्तिक ५ गते राजीनामा दिने
    • Bell Sanchar

    • २७ आश्विन २०७८, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आगामी कार्तिक ५ गते पदबाट राजीनामा दिने भएका छन् । नेपाली कांग्रेससँगको भद्र सहमतिअनुसार उनले पदबाट राजीनामा दिने भएका हुन् । शाहीले राजीनामा दिएपछि कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।यसअघि मुख्यमन्त्री शाहीको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर जोगाएको थियो । त्यतिबेला नै कांग्रेस र माओवादी केन्द्रबीच सरकारमा आलोपालो गर्ने सहमति बनेको थियो । २०७८ बैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूह (तत्कालिन एमाले) बीच ११ बुँदे सहमति भएको बताईएको छ ।त्यतिवेला तीन दलबीच मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने ६ महिनापछि सरकारको नेतृत्व कांग्रेसले गर्ने नै मूल सहमति भएको थियो । सोहीअनुसार आगामी कार्तिक ५ गते नै आफूले राजीनामा दिन लागेको मुख्यमन्त्री शाहीले पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनले त्यसपछि सरकारको नेतृत्व जीवनबहादुर शाहीले गर्ने पनि जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित