विधिको शासन कायम गर्न विद्यमान कानुनको प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक: देउवा
विधिको शासन कायम गर्न विद्यमान कानुनको प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानुनको प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आवश्यक रहेको बताएका छन्।

    • Bell Sanchar

    • ८ पुष २०७८, बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानुनको प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आवश्यक रहेको बताएका छन्।  बिहीबार महान्यायाधीवक्ता कार्यालयको ७१ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन्।

उनले विधिको शासन र कानुनी राज्य लोकतन्त्रको आधारशीला भएको उल्लेख गरे।मुलुकको शासन प्रभावकारी र पूर्वाग्रहरहित ढंगले चलाउनु राज्यको महत्वपूर्ण जिम्मेवारी भएको उनले बताए।

‘विधिको शासन, कानुनी राज्य लोकतन्त्रको आधारशीला हो। मुलुकको समृद्धि, विकास र मानव अधिकारको संरक्षण विधिको शासनमा निर्भर रहन्छ। तसर्थ विधिको शासन कायम गर्न विद्यमान कानुनको प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आवश्यक छ’, उनले भने, ‘मुलुकको शासन प्रभावकारी, पूर्वाग्रहरहित कार्यान्वयन राज्यको प्राथमिक, महत्वपूर्ण जिम्मेवारी अन्तर्गत पर्दछ। अपराध संहिता लगायतका नयाँ फौजदारी कानुनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षण गरी कानुनी शासनको सुनिश्चितता गराउने कार्यमा यो सिंगो संस्थाको र सरकारी वकिलको महत्वपूर्ण भूमिका हुनेछ।’महान्यायाधीवक्ताको कार्यालयले स्थापना कालदेखि नै विधिको शासन प्रवर्द्धन गर्ने काममा भूमिका खेलिरहेको उनको भनाइ छ।

उनले कानुनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षणमा महान्यायाधीवक्ताको कार्यालय र सरकारी वकिलको भूमिकाको प्रशंसा समेत गरे।

साताकाे चर्चित
सम्बन्धित